Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘माग्ने राजा’को व्यापारः शुक्रबार उत्साहजनक, शनिबार बिष्फोटक

‘माग्ने राजा’को व्यापारः शुक्रबार उत्साहजनक, शनिबार बिष्फोटक

शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘माग्ने राजा’को शुक्रबारको व्यापार उत्साहजनक देखियो । वितरक रोहित कट्टेलले शुक्रबार बेलुकीका शोजहरुमा अकुपेन्सी उत्साहजनक देखिएको बताए ।

शुक्रबार बिहान र दिवाका शोजहरुमा व्यापार ठीकठाक थियो । तर, बेलुकी र रात्रिकालीन शोजहरुमा भने व्यापार बढेको थियो । आज शनिबार बिहानैबाट फिल्मको अकुपेन्सी बिष्फोटक देखिएको छ । अधिकांश शोजहरु रातै छन् ।

बिहान साढे ७ बजेदेखिका शोजहरुमा नै दर्शकको उपस्थिति भरिभराउ छ । मध्यान्ह, दिवा र बेलुकीका शोजहरु अहिले नै उच्च अकुपेन्सीमा देखिएका छन् । यसले, आज यो फिल्मले आक्रामक कमाई गर्ने देखिएको छ ।

‘माग्ने राजा’ हेरेका दर्शकहरुले यसलाई सुखद प्रतिक्रिया दिइरहेका छन् । फिल्मको कमेडी र उठान गरेको सन्देशलाई दर्शकले रुचाएका छन् । मुनाल घिमिरेको निर्माणमा ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मलाई सामिप्यराज तिमिल्सिनाको लेखन छ ।

फिल्ममा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ । फिल्मले केदार प्रसाद घिमिरेको दर्शकहरूमाझ कस्तो क्रेज छ भनेर देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट