काठमाडौँ : चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘हे बरै’लाई पुनः स्वराङ्कन गर्दै निर्माण पक्षले चलचित्रमा समावेश गरेको हो ।परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको गीतमा अहिले आशिष अविरलको स्वर सुन्न सकिन्छ ।
सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदैछ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको चलचित्रलाई नरदेवी फिल्मसले प्रस्तुत गरेको हो ।
‘कोशेढुंगा’मा मुकुन भुसाल, सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij