Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘३६ को आँकडा’का ‘तीन भाई’

‘३६ को आँकडा’का ‘तीन भाई’

निर्देशक सविर श्रेष्ठ यतिबेला फिल्म ‘३६ को आँकडा’को धमाधम छायांकन गरिरहेका छन् । फिल्मको छायांकन दिन र रातमा नै भइरहेको छ । प्रदर्शन मिति तय नगरिएको फिल्मको छायांकनमा मुख्य तीन नायिका र दुई मुख्य नायकहरू लागिपरेका छन् । फिल्ममा निरुता सिंह, रेखा थापा, पूजा शर्मा, पुष्प खड्का, महेश त्रिपाठी लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको छायांकन भइरहेको समयमा नायिका पूजा शर्माले ‘हामी तीन भाई’ भन्दै फोटो पोस्ट गरेकी छिन् । जहाँ, उनीसँगै रेखा थापा र निरुता सिंह देखिन्छन् ।

फिल्ममा रेखा प्रहरीको भूमिकामा छिन् । पूजाले तीन नायिकालाई किन ‘हामी तीन भाई’ भनेर लेखिन्, यो उनले जान्ने कुरा हो । तर, उनको स्टाटसले यो फिल्म महिला पात्रहरूमा केन्द्रित रहेको वुझ्न सकिन्छ । फिल्ममा एक्सन, रोमान्स, भावना सबै पोखिएको वुझिएको छ । फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्देशक सविर श्रेष्ठले बताएका छन् ।

शिव रेग्मीले निर्देशन गरेको फिल्म ‘हामी तीन भाई’मा निरुता सिंह, रेखा थापा र नन्दिता केसीको मुख्य भूमिका थियो । अहिले सविर श्रेष्ठले निर्देशन गरिरहेको ‘३६ को आँकडा’मा निरुता, रेखा र पूजाको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट