काठमाडौँ : ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योती मलको राजा लाउन्जमा आयोजित एक कार्यक्रममा फिल्म घोषणा गरिएको हो । कार्यक्रममा फिल्मको प्रि–टिजर पनि सार्वजनिक गरियो ।
फिल्म निर्माता किरण नेपालीले निर्देशन गर्न लागेका हुन् । किरणले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ । निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइनेछ।
मनिष गौतमले लेखेको फिल्ममा राजे के। शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् । फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij