Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

चलचित्र ‘अभिमन्यु’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘अभिमन्यु’ को ट्रेलर सार्वजनिक

काठमाडौँ : चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को ट्रेलर सार्वजनिक भएको छ । क्राइम–थ्रीलर चलचित्रको ट्रेलरले परिवारको खुसी र त्यसका लागि गर्ने सङ्घर्ष देखाएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहाल देखिएका छन् ।

सेभेन सिज सिनेमाजको ब्यानरमा निर्माण भएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालको पटकथा रहेको चलचित्र विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन् ।चलचित्रको नेपाली संस्करण भदौ २७ र हिन्दी संस्करण असोज ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।

https://youtu.be/airGBX1Lytk

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट