काठमाडौँ : आज शुक्रबारबाट अभिनेता नाजिर हुसेन अभिनीत फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको फिल्मले देशभर सोलो रिलिज अवसर पाएको हो ।
यद्यपि, फिल्मले देशभरका सबै हलमा पाएको छैन । किनभने बिहीबारबाट प्रदर्शनमा आएको ‘कोसेढुंगा’ र अघिल्लो साता प्रदर्शनमा आएको ‘माग्ने राजा’ र ‘जनै हराएको मानिस’ ले अझै धेरै हल कब्जा जमाएको छ ।
‘गुन्यु चोलो : द ड्रेस’ मा अभिनेता नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका अभिनय गरेका छन् । फिल्ममा नाजिरका अलवा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ ।
‘गुन्यु चोलो’ लाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । फिल्मको पोष्ट प्रोडक्सन हलिउडमा भएको हो । नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त कोल्याबोरेसनमा सो फिल्म बनेको हो । फिल्ममा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह–निर्माता रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij