Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

आरजु गिरीको नयाँ गजल “को हौ तिमी” सार्वजनिक

आरजु गिरीको नयाँ गजल “को हौ तिमी” सार्वजनिक

रत्ननगर : रत्ननगर -६ बछौली स्थायी घर भई हाल अष्ट्रेलिया निवासी गजलकार आरजु गिरीको नयाँ गजल “को हौ तिमी” सार्वजनिक भएको छ। आफ्ना पूजनीय मातापितालाई समर्पित यो गजल म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको हो।

एक अक्षरीय काफियामा आजाद लयमा लेखिएको यो गजलमा सशक्त गायिका तथा सङ्गीतकार बबिना भट्टराईको स्वर, सङ्गीत र अभिनय रहेको छ। गहिरो जीवन दर्शनले भरिएका शब्दहरूलाई बबिनाको सुमधुर स्वर र सङ्गीतले जीवन्त बनाएको छ। सङ्गीत संयोजन लाल काजी श्रेष्ठ, तबलामा भुबन गन्दर्व, गिटारमा सन्जिब बराईली, बाँसुरीमा नागेन्द्र राई र रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङमा वरिष्ठ साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीले साथ दिएका छन्।

गजलको म्युजिक भिडियो साउण्ड मिल (गौरीघाट) स्टुडियोमा रेकर्ड गरिएको हो, जसको निर्देशन ए.जे. अजुले गरेका छन्। आकर्षक म्युजिक भिडियोसहित यो गजल नेपाली गजलबहार युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।यो गजलले गिरीको सृजनात्मकता र बबिनाको कर्णप्रिय स्वरले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

https://youtu.be/lg00uctT48E

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट