Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘अभिमन्यु’मा र्‍यापर भियोमाको र्‍याप

‘अभिमन्यु’मा र्‍यापर भियोमाको र्‍याप

काठमाडौँ : ‘अभिमन्यु : च्याप्टर–१’ २७ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिटले फिल्मको एक र्‍याप गीत सार्वजनिक गरेको छ । जसमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ ।

जिन्दगी नै रहस्यमयी रहेको बताउने र्‍यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रस्ट पार्ने प्रयास गरेको छ । र्‍यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ ।

कसको पछाडि को लागेको छ भन्ने रहस्यले दिने तनाव र त्यसले जिन्दगीलाई सडकमा झारेको यथार्थ समेटिएको र्‍यापमा षड्यन्त्रकै जालोमा फसेको जिन्दगी र त्यसकै वरिपरि रुमलिएको तनावपूर्ण जिन्दगी चित्रण छ । भिडियोमा र्‍यापर भियोमा आफैँ फिचर्ड छन् । उनीसँगै चलचित्रका चलअचल दृश्य गीतमा समावेश छन् ।

फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्छ । ‘अभिमन्यु’को हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ ।‘अभिमन्यु’मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।

https://youtu.be/N8-N4EEQ1qw

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट