मुम्बई : लोकप्रिय भारतीय रियालिटी शो ‘बिग बोस १९’ आफ्नो सुरुवातदेखि नै चर्चामा छ। यो शो दर्शकमाझ मात्र नभई टेलिभिजन भ्युअर पोइन्ट (टीभीआर) को मामलामा पनि अगाडि देखिएको छ।
‘बिग बोस १९’ को पहिलो एपिसोड २४ अगस्टमा जियो हटस्टारमा राति ९ बजे र त्यसपछि कलर्स च्यानलमा राति १०:३० बजे प्रसारण भएको थियो। यस शोले आफ्नो सुरुवातको एपिसोडमै १.६ टीभीआर हासिल गर्दै दमदार सुरुआत गरेको थियो, र पूरै हप्ताभरि १.३ टीभीआरको औसत रेटिङ कायम राखेको छ।
डिजिटल प्लेटफर्म जियो हटस्टारमा ‘बिग बोस’ले यस सिजनमा अहिलेसम्मका सबै रेकर्ड तोडेको छ। यो शोले अघिल्लो सिजनको तुलनामा २.३ गुणा बढी दर्शक र २.४ गुणा बढी वाचटाइम हासिल गरेको छ। यो सफलतासँगै यो शो सबै रियालिटी शोभन्दा अगाडि देखिएको छ।
२४ अगस्टबाट सुरु भएको ‘बिग बोस १९’ मा हरेक वर्षजस्तै यस पटक पनि केही नयाँ कुराहरू समावेश गरिएको छ। यस पटकको शोको कन्सेप्ट ‘लोकतन्त्र’ अर्थात् ‘डेमोक्रेसी’ मा आधारित छ।
यही थिममा ‘बिग बोस हाउस’ पनि डिजाइन गरिएको छ। यस सिजनमा सलमान खानको शैली पनि अघिल्लो सिजनको भन्दा फरक रहेको बताइएको छ। यो शो ३ महिनाको सट्टा ५.५ महिनासम्म चल्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij