Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

जेनजी आन्दोलनकाे कारण रोकिएको ‘कमेडी नाइट विथ च्याम्पियन’ प्रसारणमा फर्कियो

जेनजी आन्दोलनकाे कारण रोकिएको ‘कमेडी नाइट विथ च्याम्पियन’ प्रसारणमा फर्कियो

काठमाडौँ  : जेनजी आन्दोलनका कारण रोकिएको विशाल भण्डारी निर्देशित कमेडी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ आज मंगलबारबाट प्रसारणमा आएको छ । प्रसारण अगाडि निर्देशक भण्डारीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै शोकाे प्रसारण हुने जानकारी दिएका थिए ।

मंगलबारको शोमा फिल्म ‘अभिमन्यु’ का कलाकार कामेश्वर चौरसिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी र निर्माता विनोद पौडेल अतिथिका रूपमा सहभागी थिए ।

शोमा भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, सजन श्रेष्ठ, सुमन कार्की, साजन श्रेष्ठ, प्रभात लामा लगायतको प्रस्तुति रहेको थियो । सोमा सामाजिक सञ्जाल बन्द लगायतका समसामयिक विषय ब्यङ्ग्यका रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट