Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

फेरि सर्‍यो ‘जारी २’

फेरि सर्‍यो ‘जारी २’

काठमाडौँ : फिल्म ‘जारी २’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । जेनजी आन्दोलनको कारण असोज ३ गतेबाट सरेर कात्तिक ६ मा पुगेको फिल्म फेरि सरेको हो । निर्माण युनिटले फिल्मलाई ६ कार्त्तिकबाट सारेर २१ कात्तिकमा पुर्‍याएको छ । निर्माता रामबाबु गुरुङले सबैसँगको सल्लाह गरेर फिल्मको प्रदर्शन मिति २१ कात्तिक निर्धारण गरिएको बताए ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ । बासुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट