काठमाडौँ : दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले घटस्थापनाको दिनको अवसर पारेर सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३)लाई प्रदर्शन मिति घोषणा गरेको हो ।
पोस्टरमा देखिए अनुसार फिल्ममा मुख्य पात्र एक्सन अवतारमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत भएका छन् । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ । उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ । सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत पोस्टरमै देखिन्छ।
ब्याकग्राउण्डमा उनले केही नेता जस्ता मान्छेहरूलाई रोक्ने या सम्झाउँदै गरेको पनि देखिन्छ । पोस्टरमा देखिए अनुसार अभिनेता सुशीलको अहिलेसम्म कै बबाल एक्सन फिल्ममा रहेको अनुमान गर्न सकिन्छ । फिल्ममा एक्सन निर्देशन श्री श्रेष्ठ हुन् ।
विजय केरुङको निर्देशन रहेको फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ । फिल्ममा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारको अभिनय छ ।
फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन ्। फिल्मको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ । निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ। डिओपी शिव ढकालको रहेको फिल्ममा सम्पादन बन्दे प्रसादले गरेका छन् । फिल्मको वितरण आर.आर. फिल्मस्ले गर्ने भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij