Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

'डल्लेले इन्ट्री मार्यो'मा रोशनी हिरोइन

'डल्लेले इन्ट्री मार्यो'मा रोशनी हिरोइन

भरतपुर : 'डल्लेले इन्ट्री मार्यो' फिल्मको प्रमुख भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का फाइनल भएकी छिन । राजु गिरीको निर्देशनमा बन्ने फिल्म टिमले रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो ।

मिस नेपाल २०२५ मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि चर्चामा आएकी रोशनीलाई 'डल्लेले इन्ट्री मार्यो' मा चर्चित हाँस्य अभिनेता सागर लम्साल (बले) को जोडीका रुपमा देख्न पाइनेछ ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा सागर र रोशनीका साथमा रमेश बुढाथोकी,रबिन्द्र झा,ध्रुव कोइराला,सुभाष गजुरेललगायतका कलाकारले अभिनय गर्ने तय भइसकेको छ ।

श्याम तामाङको छायांकन,देव महर्जनको द्वन्द्व निर्देशन अनि अर्जुन पोखरेल,बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहने फिल्म चितवन र काठ्माडौमा खिचिने जानकारी निर्देशक गिरीले दिएका छ्न । सामाजीक कथानक हास्य प्रधान फिल्म उषा फिल्मसको ब्यानरमा बन्दैछ । सुटिङ दशै लगतै सुरु गरिदैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट