Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

लक्ष्मण पोखरेलको शब्द, संगीतमा दशैं तिहार गीत 'भईयो परदेशी' सार्वजनिक  

लक्ष्मण पोखरेलको शब्द, संगीतमा दशैं तिहार गीत 'भईयो परदेशी' सार्वजनिक  

काठमाडौं :  लोकप्रीय गायक थानेश्वर गौतम र गायिका सदिक्षा कट्टेलको स्वरमा परदेशीको कथामा आधारित दशैं तिहार विशेष गीत 'भईयो परदेशी' म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मण पोखरेलको शब्द,संगीत रहेको गीतलाई र रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो  ।

स्मारिका ढकाल र सन्दिप वस्तीको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, मीन रावलको सम्पादन रहेको छ। बैदेशिक रोजगारीमा रहेकाहरुले दशैं तिहार जस्तो चाडपर्वको बेला गाउँघरको सम्झिएर गरेको बिलौनाको भावलाई भिडियोमा देखाइएको छ ।

निर्देशक कृष्णदेव रुपाखेतीले  भिडियोको निर्देशन गरेका हुन । 'भईयो परदेशी'को म्युजिक भिडियोलाइ  ‘हाइटेक इन्टरटेन्टमेन्ट’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भएको केहि घण्टामा नै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

https://youtu.be/5qUClTRKKHo

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट