काठमाण्डौं : नेपालीहरुको महान पर्व बडा दशैंको विशेष अवसरमा गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा रहेको मौलिक गीत “आयो दशैं“ सार्वजनिक भएको छ। गीतका शब्द अशोक अर्यालले लेखेका छन् र संगीत रचना राजु अर्यालले गरेका हुन्।

गीतमा बिनोद बाजुरालीले एरेन्ज गरेका हुन भने खडक बाजुरालीले मास्टरिङको काम गरेका छन । रेकर्डिस्ट सागर बाजुराली र मालाश्री स्टुडियोमा भएको रेकर्डिङले गीतलाई उच्च स्तरमा प्रस्तुत गरेको छ ।यस गीत दशैंको चाडपर्वको माहोललाई संगीत र भिडियो मार्फत व्यक्त गर्दै धेरैलाई मन पर्नेमा आफु निकै आशावादी रहेको गायिका समिक्षा अधिकारीले बताईन ।
गीतको भिडियोमा अशोक अर्याल र प्रतिमा अर्यालको अभिनय छ। यस भिडियोलाई प्रतिमा अर्यालले निर्माण गरेकी छन्, र निर्देशन र कोरियोग्राफी शिव बि।के ले गरेका छन्। छायांकन पशुपति बस्यालले गरेका छन्, जसले दशैंको रमाइलो माहोललाई दृश्यमा उतार्ने काम गरेका छन्। भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका छन्।
“आयो दशैं” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/1I_I8FX23Hc© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij