Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सुरज र दीपिकाको स्वरमा 'त्रिशूली मायाको' सार्वजनिक

सुरज र दीपिकाको स्वरमा 'त्रिशूली मायाको' सार्वजनिक

काठमाडौँ : गायक सुरज श्रेष्ठ र गायिका दीपिका व्याम्बु मगरको स्वर रहेको गीति भिडियो 'त्रिशूली मायाको' सार्वजनिक भएको छ । गीतमा शब्द प्रह्लाद सुवेदीको शब्द तथा सङ्गीत सुन्न सकिन्छ ।

समकालीन लोक–दोहोरीमा लक्षणा र अभिव्यञ्जनापूर्ण शब्द लेख्न खप्पिस गीतकार सुवेदीले यो गीतमा पनि लोक र आधुनिकको फ्युजन गराएका छन् । आधुनिक जनरामा रमाइरहेका गायक श्रेष्ठ भन्छन्, ‘मेरा लागि यो अलिक फरक जनरा हो तर यो कम्पोजिसन मीठो लागेर आवाज दिएको छु।’

रमेश सेञ्चुरीको एरेन्ज रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । सुधीरले उषा फकाउन अभिव्यक्त गरेको प्रस्तुतिलाई भिडियोमा निर्देशक शान थापाले रोमान्टिक ढङ्गले प्रस्तुत गरेका छन् । बाल कलाकार अर्चीता गौतमलाई पनि भिडियोमा देख्न सकिन्छ । गीतमा समावेश शब्द र दृश्यले प्रेम भाव बोलेका छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा सम्पादन तता छायाङ्कन पवन सुस्लिङको छ ।

https://youtu.be/v9txbroopCY

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट