Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘गोबर गणेश’को छायाङ्कन सम्पन्न, माघ १ गते रिलिज हुने तयारी

‘गोबर गणेश’को छायाङ्कन सम्पन्न, माघ १ गते रिलिज हुने तयारी

काठमाडौँ :  मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले निर्देशन गरेको फिल्म ‘गोबर गणेश’ को छायाङ्कन सम्पन्न भएको छ । शनिबार पशुपति परिसरमा अन्तिम दृश्य खिच्दै फिल्मले आफ्नो छायाङ्कन यात्रा पूरा गरेको निर्माण नियन्त्रक शङ्कर पाण्डेले जानकारी दिएका छन् ।

श्रेष्ठले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन् । ‘मेरी बास्सै’बाट चर्चित भएका श्रेष्ठका टेलिश्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ निकै लोकप्रिय छन् ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्म आगामी माघ १ गते रिलिज हुने तयारीमा छ । फिल्ममा मरिचमान श्रेष्ठसँगै वर्षा सिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)को अभिनय देख्न सकिनेछ ।

यसमा शङ्कर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल र वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट