Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘परान’ ले ल्यायो नयाँ गीत ‘ओइ भन्दानी बोलेन’

‘परान’ ले ल्यायो नयाँ गीत ‘ओइ भन्दानी बोलेन’

काठमाडौँ : नेपाली चलचित्र ‘परान’ को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा रमाइलो खालको नृत्यप्रधान यो गीत रिलिज गरिएको हो।

दसैँको अवसर पारेर सार्वजनिक गरिएको गीत विवाहको परिवेशमा आधारित छ। भिडियोमा फिल्मका प्रमुख कलाकारहरू एउटै फ्रेममा देखिएका छन्। मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराइलीलगायत कलाकारहरूले गीतमा नृत्य तथा अभिनय गरेका छन्।

यो गीतलाई प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कँडेल, रचना रिमाल र सलिना बि.क.ले स्वर दिएका छन्। गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेलको छ। भिडियोको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्।रिलिज कार्यक्रममा बोल्दै निर्माता, निर्देशक तथा कलाकारहरूले गीतले दर्शकलाई खुसी बनाउने र नचाउने विश्वास व्यक्त गरे।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ। ‘सासले होइन, साथले चल्ने’ भन्ने ट्यागलाइनसहितको यो फिल्मले परिवारमा आपसी साथ र सहकार्यको महत्त्व देखाउने सङ्केत दिएको छ।

फिल्मलाई देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारीमा बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो। बाइस्कोप सिनेमाको एकल ब्यानरअन्तर्गत निर्माण भएको यो पहिलो प्रोजेक्ट हो। निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन्।

फिल्मको कथा दीपक आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद यम थापाले तयार पारेका छन्। शिवराम श्रेष्ठले डीओपी सम्हालेका छन् भने सम्पादन मित्र डी. गुरुङले गरिरहेका छन्। दसैँ र तिहार लगत्तै फिल्म देशभर प्रदर्शनमा आउने तयारी छ।

https://youtu.be/65l3rp71HuM

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट