Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

फूलपातीको अवसरमा ‘मैझारो’को ‘तिमीलाई के थाहा सानु’ गीत सार्वजनिक

फूलपातीको अवसरमा ‘मैझारो’को ‘तिमीलाई के थाहा सानु’ गीत सार्वजनिक

काठमाडौँ : फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’ गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरको अभिनय देख्न सकिन्छ । गीतमा मिरुना र धिरजलाई प्रेमील जोडीको रूपमा देखाइएको छ ।

गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर छ । गीतमा शब्द , संगीत गायक अनमोलकै रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।

विल्सन विक्रम राई निर्देशित फिल्ममा धिरज, मिरुनाको अलवा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत दिएका छन् ।आर आर फिल्मले वितरण गर्ने फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट