Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कान्तारा च्याप्टर १ ले पहिलो हप्तामै कमायो ५०० करोड

कान्तारा च्याप्टर १ ले पहिलो हप्तामै कमायो ५०० करोड

नयाँ दिल्ली : कन्नड अभिनेता ऋषभ शेट्टीको फिल्म ‘कान्तरा च्याप्टर १’ अक्टोबर २ मा सिनेमा घरहरूमा रिलिज भएको थियो । फिल्मले हलमा सकारात्मक प्रतिक्रिया पाएको छ । समीक्षक र दर्शकहरूले फिल्मको कथा र ऋषभ शेट्टीको अभिनयको निकै प्रशंसा गरे । फिल्मले पहिलो एक हप्तामा विश्वभर ५०० करोड भारुभन्दा धेरैको कमाई गरेको छ । शुक्रबार मेकरहरूले एउटा पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।

‘कान्तरा च्याप्टर १’ २०२२ मा आएको फिल्म ‘कान्तरा’को प्रिक्वेल हो । दुवै फिल्ममा ऋषभ शेट्टीले मुख्य भूमिका निभाएका छन् । शेट्टी फिल्मका निर्देशक र लेखक पनि हुन् ।

निर्माताहरूले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘दिव्य सिनेमाई आँधीले बक्स अफिसमा लगातार बढिरहेको छ । कान्तरा च्याप्टर १ ले पहिलो हप्तामा विश्वभर ५०९ करोड २५ लाख भारुभन्दा बढीको कमाइ गरिसकेको छ ! ब्लकबस्टर कान्तरा च्याप्टर १ तपाईंको नजिकका सिनेमा घरहरूमा प्रदर्शन भइरहेको छ’ पोस्टमा भनिएको छ । कान्तरा च्याप्टर १ अक्टोबर २ मा सिनेमा घरहरूमा रिलिज भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट