Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

फिल्म ‘१२ गाउँ’ अब ओटीटी ‘सिनेमाघर’मा सार्वजनिक !!

फिल्म ‘१२ गाउँ’ अब ओटीटी ‘सिनेमाघर’मा सार्वजनिक !!

काठमाडौँ : गत वर्षको सुपरहिट नेपाली फिल्म ‘१२ गाउँ’ अब ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मार्फत सार्वजनिक गरिएको छ। नेपाली बक्स अफिसमा करिब २२ करोड रुपैयाँ कमाइ गर्न सफल यो फिल्मलाई लक्ष्मीपूजाको अवसरमा डिजिटल रूपमा रिलिज गरिएको हो।

दर्शकले अब रु. २९९ तिरेर विश्वभरबाट नै फिल्म हेर्न सक्नेछन्। ‘सिनेमाघर एप’ गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी र एलजी वेबओएसमा डाउनलोड गर्न सकिनेछ। साथै क्रोमकास्ट तथा वेब ब्राउजरमार्फत पनि कम्प्युटरमा सहजै हेर्न सकिने सुविधा दिइएको छ।

अभिनेता बिराज भट्ट निर्देशित फिल्ममा बिराज स्वयंले अभिनय गरेका छन्। साथै समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा समेतको दमदार अभिनय देख्न सकिन्छ।

https://youtu.be/Ypwwe_L5DKU

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट