काठमाडौँ : दयाहाङ राई र विजय बराल स्टारर नेपाली फिल्म ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ। मल्टिप्लेक्स र अन्य हलहरूले अग्रिम बुकिङको व्यवस्था गरेको निर्माण पक्षले जनाएको छ। निर्देशक सुरेन्द्र पौडेलका अनुसार, तिहारमा धेरै फिल्म भए पनि ‘वरिष्ठ बलराम’ले राम्रो शो पाएको छ।
उनले भने, “रिलिजपछि शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकि फिल्म राम्रो बनेको छ।” फिल्म कात्तिक ६ गते भाइटीकाबाट रिलिज हुँदैछ। फिल्ममा दयाहाङ राई, विजय बरालसहित समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी, सर्जना सुब्बा, रामबाबु रेग्मी र अन्य कलाकारहरूको अभिनय छ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले तयार पारेका हुन्। काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij