Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘भाइरल गोर्खे’मा ‘बतासले उडाइ लाग्यो’ रिमेक, सौगात–सृष्टिको नयाँ रूपले दिल जित्यो

‘भाइरल गोर्खे’मा ‘बतासले उडाइ लाग्यो’ रिमेक, सौगात–सृष्टिको नयाँ रूपले दिल जित्यो

काठमाडौं : मार कान्छा र आशा भोस्लेको अमर गीत ‘बतासले उडाइ लाग्यो’ फेरि सुन्न पाइने भएको छ। फिल्म ‘भाइरल गोर्खे’ का लागि यो गीतलाई नयाँ रूपमा रिमेक गरिएको हो।

फिल्म ‘चिनो’ मा समावेश यो चर्चित गीतको नयाँ भर्सन भाइटीकाको अवसर पारेर बुधबार सार्वजनिक गरिएको हो। नयाँ संस्करणमा त्रिशला गुरुङ र दीपक लिम्बूको स्वर छ भने संगीत रोहित शाक्यले दिएका छन्। गीतका शब्द कुशुम गजमेरका हुन्।

श्याम पट्टेलको कोरियोग्राफीमा तयार भिडियोमा फिल्मका मुख्य जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठले अभिनय गरेका छन्। ९० को दशकमा शिव श्रेष्ठ र कृष्टि मैनालीले देखाएको शैलीलाई सौगात र सृष्टिले आधुनिक रूपमा पुनःजीवित गरेका छन्। भिडियोमा रोमान्टिक दृश्य, विशेषगरी सौगातले सृष्टिलाई चुम्बन गरेको दृश्य, अहिले चर्चा बटुलिरहेको छ।

निगम श्रेष्ठ निर्देशित ‘भाइरल गोर्खे’ मा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला लगायत कलाकार छन्। एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको संयुक्त निर्माणमा बनेको यस फिल्मले सामाजिक सञ्जालमा भाइरल संस्कृतिको प्रभाव र त्यसको परिणाम देखाउने बताइएको छ।

https://youtu.be/PGwEaFMW62U

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट