Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘बेली चमेली’ म्युजिक भिडियो सार्वजनिक, पल शाह र भारतीय मोडल श्वेता महराको रोमान्टिक जोडी

‘बेली चमेली’ म्युजिक भिडियो सार्वजनिक, पल शाह र भारतीय मोडल श्वेता महराको रोमान्टिक जोडी

काठमाडौँ : भारतीय मोडल श्वेता महराको अभिनय रहेको नेपाली म्युजिक भिडियो ‘बेली चमेली’ सार्वजनिक भएको छ । भिडियोमा महरालाई लोकप्रिय अभिनेता पल शाहले जोडीको रूपमा साथ दिएका छन् ।

कविराज गहतराजले कोरियोग्राफी र निर्देशन गरेका भिडियोमा राज टाइगर, बिन्दु रसाइली, रेन्सीका खत्रीसुरक्षा तामाङको पनि अभिनय रहेको छ ।

गीतमा राजेन्द्र बजगाईंको शब्द तथा संगीत, स्वाती भाटको स्वर र गायक विनोद ढकालको र्‍याप समावेश छ । निशाद चन्द्राले संगीत संयोजन गरेका हुन् भने सुदिप बरालले छायाङ्कन र बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

भिडियोमा पल र श्वेताबीचको आकर्षक केमेस्ट्री र रोचक नृत्यले दर्शकको ध्यान तानेको छ ।

https://youtu.be/B-1GkMGwVKA

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट