Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल, दार्जिलिङमा लगातार प्रदर्शनमा

होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल, दार्जिलिङमा लगातार प्रदर्शनमा

काठमाडौं :  नेपालमा सुरु भएको ’होस्टेल’ चलचित्र फ्रेन्चाइजको तेस्रो भागले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबिच पनि नेपाली सिनेमाको लोकप्रियता विस्तार गर्न सफल भएको छ। नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको नेपाली चलचित्र ’होस्टेल ३’ ले अब भारतमा पनि सोही सफलता दोहो¥याएको हो।

सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले बताए। भारतमा ’होस्टेल ३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन्। सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो।

चलचित्रका निर्देशक सशान कँडेलले भारतमा पनि फिल्मको ५१ दिन पूरा भएको खुसी व्यक्त गरे। उनले भने, “सर्वप्रथम, यति ठुलो फ्रेन्चाइजलाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्सलाई धेरै धन्यवाद दिन चाहन्छु। निर्माण, वितरण र प्रचार प्रसारमा सहभागी सबैलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।“

’होस्टेल ३’ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ। चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुष लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सह निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री रहेका छन्।

सफल व्यापारसँगै ’होस्टेल ३’ हाल नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ’सिनेमाघर एप’ मा पनि स्ट्रिमिङ भइरहेको छ। दर्शकहरूले यो एप गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतका माध्यमबाट डाउनलोड गरी हेर्न सक्छन्। साथै, वेब ब्राउजर वा क्रोमकास्ट प्रयोग गरी कम्प्युटरमा समेत सहजै हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट