चितवन, भरतपुर : भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडक खण्डमा बिहीबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१–२३७४ नम्बरको कन्टेनर ट्रक ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा धादिङ गजुरी गाउँपालिका–८ का ३८ वर्षीय रामचन्द्र तामाङ गम्भीर घाइते भएका थिए।
रामचन्द्र तामाङको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते मोटरसाइकल चालक अहिले सोही अस्पतालमा उपचाररत छन्।
सडक सुरक्षाका लागि चालकहरूलाई सावधानी अपनाउन प्रहरीले सचेत रहन आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij