Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सात दिनभित्र अतिक्रमण र मापदण्डविपरीतका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

सात दिनभित्र अतिक्रमण र मापदण्डविपरीतका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक सम्पत्तिमा भएको अतिक्रमण अन्त्य गर्न संयुक्त रूपमा कडा कदम चालेका छन् ।

दुवै निकायले अतिक्रमित जग्गा र मापदण्ड विपरीत निर्माण भएका संरचना सात दिनभित्र स्वयं हटाउन निर्देशन दिएका हुन् । महानगरका अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थान, बाटो, चौर र खोलानालासहित सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका अतिक्रमित क्षेत्रहरूलाई तत्काल खाली गर्न भनिएको हो । सो अवधिभित्र अतिक्रमण नहटाए कानुनी प्रक्रिया पूरा गरी बल प्रयोग गरेर पनि संरचना हटाइने चेतावनी महानगरले दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट