चितवन : जेन Z आन्दोलनमाथिको दमन, विद्यार्थी हत्या र षड्यन्त्रपूर्ण गतिविधिको विरोधमा चितवनमा आज अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ।
उक्त अभियानले “न्यायका लागि युवा आवाज” भन्ने नारा सहित शान्तिपूर्ण तरिकाले हजारौं युवाको सहभागिता जुटाएको हो। सहभागीहरूले दोषीमाथि कानूनी कारबाही र निष्पक्ष छानबिनको माग गर्दै हस्ताक्षर गरेका थिए।
अखिल (क्रान्तिकारी) चितवन जिल्ला अध्यक्ष सुसिल कार्की (अब्दुल) का अनुसार,
“चितवनमा सुरु भएको यो अभियान अब देशका सबै जिल्लामा फैलिनेछ। न्यायका लागि हाम्रो संघर्ष अझ सशक्त बन्दै जानेछ।”
अभियानले युवाहरूको एकता, सचेतना र न्यायप्रति प्रतिबद्धताको सन्देश दिएको आयोजक समितिले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij