Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

१० करोड कमाउने अनमोलको पहिलो फिल्म बन्यो ‘जेरी अन टप’

१० करोड कमाउने अनमोलको पहिलो फिल्म बन्यो ‘जेरी अन टप’

काठमाडौँ : अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ले १० करोड बढीको व्यवसाय गर्न सफल भएको छ । फिल्मले प्रदर्शनको १६ दिनसम्म देशव्यापी १० करोड ५१ लाख ४८ हजार बढीको व्यववसाय गरेको चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक गरेको बक्स अफिसमा उल्लेख छ ।

फिल्मले सोही अवधिसम्म ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको छ । बक्सअफिसमा कात्तिक १५ गतेसम्मको रिपोर्ट सार्वजनिक गरिएको हो । सुयोग गुरुङ निर्देशित हिमाल आरोहणको कथामा बनेको फिल्ममा अनमोलका अलवा आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे र भुवन केसीको पनि मुख्य भूमिका छ ।

हुन त निर्माण युनिटले शुक्रबार नै फिल्मले १० करोड व्यापारको आँकडा पार गरेको भन्दै केकसमेत काटेको थियो । सो अवसरमा अभिनेता अनमोलले फिल्म सफल हुनुको कारण टिमवर्क बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट