Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

फिल्म ‘कंगाल करोडपति’ निर्माण घोषणा

फिल्म ‘कंगाल करोडपति’ निर्माण घोषणा

काठमाडौँ : सिनेमा पाठशालाको ब्यानरमा फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माण घोषणा गरिएको हो ।

राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा फिल्म बन्नेछ । लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । कैफ खान निर्माता रहेको फिल्मको कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन् । फिल्ममा उमर खान र पदम लोहोरको मुख्य भूमिका रहनेछ ।

कार्यकारी निर्माता मनोज केसी रहेको फिल्मको अन्य कलाकार छनोट हुन बाँकी छ । निर्माण टिमका अनुसार फिल्म फागुन महिनाबाट छायांकनमा जाने तयारी छ । एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको अवस्था फिल्मले देखाउनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट