Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भुवानीशंकर कलेजमा अन्तर सङ्काय हाजिरीजवाफ प्रतियोगिता

भुवानीशंकर कलेजमा अन्तर सङ्काय हाजिरीजवाफ प्रतियोगिता

चितवन : खैरहनी नगरपालिकामा रहेको एक मात्र सामुदायिक कलेज भुवानीशंकर कलेजको आयोजनामा अन्तर सङ्काय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षा ११,१२ र स्नातक तर्फ वीएड र बीबीस तहमा अध्ययनरत विद्यार्थीहरूका बिच भएको प्रतिष्पर्धामा बीबीएस द्वितीय वर्षका बबिना खतिवडा,प्रकृति खतिवडा र इशा गौतम ,१२ मानविकीका बिटु महतो,अमृता प्रजा र निशा यादव र मानविकी ११ का प्रभा खत्री,सुदीक्षा चौधरी र दीक्षा चौधरी क्रमश: प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

यूनिभर्सिटी ग्रान्ट कमिसन अन्तर्गतको प्राथमिक उपचार तथा अतिरिक्त क्रियाकलाप एकाइले आयोजना गरेको उक्त प्रतियोगिता पृथक एवम् आफ्नो क्षेत्रको बारेमा अधिकतम् व्यवहारिक ज्ञान हासिल होस भन्ने उद्देश्यले चितवन र यससॅंग जोडिएको विषयलाई प्राथमिकता दिइएको थियो । विभिन्न तहका नौ समुह बिच भएको कार्यक्रममा विजयी समुहलाई कार्यक्रमका सभाअध्यक्ष तथा कलेज प्रमुख नवराज भट्टराई र कलेज सहायक प्रमुख चेतराज रेग्मीले पुरस्कार वितरण गरे ।

कार्यक्रममा संयोजक पदम् अर्यालले सामान्यज्ञानले व्यक्तिको स्मरण क्षमता बढाउने, प्रतिष्पर्धी बन्न प्रेरित गर्ने तथा भविष्यमा लोकसेवामा प्रतिष्पर्धा गर्न समेत मद्दत गर्ने हुनाले आगामी दिनहरूमा सबै खाले अतिरिक्त शैक्षिक क्रियाकलापमा सकृय रहन प्रोत्साहन गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट