Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

पूर्वी मकवानपुरमा १०४ सुकुम्वासी र भूमिहीनले पाए लालपुर्जा

पूर्वी मकवानपुरमा १०४ सुकुम्वासी र भूमिहीनले पाए लालपुर्जा

हेटौँडा — बागमती गाउँपालिकामा १०४ जना सुकुम्वासी र भूमिहीन दलित परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। वडा १ का ४३, वडा २ का ३० र वडा ६ का ३१ जनालाई कात्तिक २६–२७ गते पुर्जा वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष सर्केश घलानले भूमि अधिकार प्रत्येक नागरिकको आधारभूत हक भएको बताउँदै, भूमिहीन र सुकुम्वासी परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्न यो कदम चालिएको बताए।

हालसम्म गाउँपालिकाले तीन चरणमा १५४ परिवारलाई पुर्जा वितरण गरिसकेको छ। बाँकी वडा ७ र ९ मा नापजाँच कार्य जारी छ। पुर्जा पाएपछि स्थानीयवासीले बैंक र अन्य कामहरू सजिलै गर्न सक्ने हुँदा खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट