Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलको दुईदिने संयुक्त बैठक नगरकोटमा सुरू

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र प्रदेश संसदीय दलको दुईदिने संयुक्त बैठक नगरकोटमा सुरू

काठमाडौँ : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलको दुईदिने संयुक्त बैठक कार्तिक २८ र २९ गते नगरकोटमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी महाधिवेशन र प्रतिनिधिसभा निर्वाचन तयारीबारे विस्तृत छलफल भइरहेको छ।

संयुक्त बैठकको उद्घाटन कार्यक्रमका संयोजक कृष्णलाल भँडेलले सम्बोधन गर्दै पार्टीलाई संघ, प्रदेश र स्थानीय तहमा अझ मजबुत बनाउने उद्देश्यले बैठक आयोजित गरिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभाका संसदीय दलका नेता र बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँले पार्टी एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचन रणनीतिमा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

बैठकमा प्रदेशस्तरीय नेतृत्व, प्रदेश सांसद तथा विभिन्न विभागीय प्रतिनिधिहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट