Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

लोकप्रिय कवि विप्लव प्रतीकका कविताहरू प्रत्यक्ष सुन्न सकिने

लोकप्रिय कवि विप्लव प्रतीकका कविताहरू प्रत्यक्ष सुन्न सकिने

काठमाडौँ : भिन्न शैलीको लेखनका कारण नेपाली साहित्यमा परिचित लोकप्रिय कवि तथा गीतकार विप्लव प्रतीकले अब आफ्नै आवाजमा आफ्ना कविताहरू प्रत्यक्ष प्रस्तुत गर्ने भएका छन्। मंसिर २७ गते शनिबार ठमेलको प्रख्यात टेन एक्स क्लब मा ‘१०एक्स पोएट्री नाइट विद विप्लव प्रतीक’ शीर्षकको विशेष साहित्यिक कार्यक्रम आयोजना हुँदैछ।

साँझ पाँच बजेपछि सुरु हुने यस कार्यक्रममा कवि विप्लव प्रतीकले आफ्ना मूर्धन्य कविताहरू आफैँले वाचन गरेर उपस्थित दर्शक तथा आमन्त्रित पाहुनाहरूलाई सुनाउने छन्। यस कार्यक्रममा विभिन्न सेलिब्रेटी दर्शकहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ। विप्लव प्रतीक मूलतः कवि हुन्। उनका 'नहारेको मान्छे' (कविता सङ्ग्रह) र 'अविजित' (उपन्यास) प्रकाशित छन्। उनले थुप्रै गीतहरू पनि रचना गरेका छन् र रङ्गकर्ममा समेत आबद्ध छन्।

विश्व साहित्यमा गहन अध्ययन गर्ने कविको रूपमा समेत चिनिने प्रतीकले ठमेलको टेन एक्स क्लबमा पहिलो पटक आफ्ना कविताहरू प्रत्यक्ष वाचन गरेर सुनाउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट