Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कोशीका दुई नेताले छाडे बाबुरामको साथ

कोशीका दुई नेताले छाडे बाबुरामको साथ

विराटनगर : वैकल्पिक राजनीतिको नाममा डा. बाबुराम भट्टराईलाई १२ वर्षदेखि साथ दिँदै आएका कोशी प्रदेशका नेता भरत दाहाल र तेजलाल कर्णसहितले भट्टराईको साथ छाड्ने घोषणा गरेका छन् । ‘वैकल्पिक शक्ति’ को रुपमा स्थापना भएको नयाँ शक्ति पार्टी जनता समाजवादी हुँदै प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) सम्म पुगेपछि उनीहरूले पार्टी छाडेका छन् ।

दाहाल नयाँ शक्ति पार्टी हुँदा केन्द्रीय सचिव र कर्ण केन्द्रीय सदस्य थिए । केन्द्रीय नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै दाहाल कर्णले पार्टी छाडेका हुन् । दाहालले पार्टीको उपलब्धि शून्य रहेकाले छाडेको बताए । केन्द्रीय सदस्य कर्णले भट्टराईले फेरि माओवादी विचारधाराकै नेताहरूसँग मिलेर ‘माओवादको नयाँ खोल’ ओढेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट