Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रु १४ करोडमा नवलपुरमा नयाँ अस्पताल, विशेषज्ञ सेवा उपलब्ध

रु १४ करोडमा नवलपुरमा नयाँ अस्पताल, विशेषज्ञ सेवा उपलब्ध

त्रिवेणी (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु १४ करोड १० लाखको लागतमा १५ शय्याको नगर अस्पताल भवन निर्माण भएको छ ।

दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए। भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने उनले बताए ।

अस्पतालमा हप्ताको छ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ । हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटु रोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दन्त उपचार हुँदै आएको छ । अस्पतालले अहोरात्र सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट