Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवन सुरक्षा कमजोर हुदै गएपछि एसपी पुरीको (हिट एण्ड रन) खोजी अभियान !

चितवन सुरक्षा कमजोर हुदै गएपछि एसपी पुरीको (हिट एण्ड रन) खोजी अभियान !

सुरक्षा कमजोर हुदा सवारी दुर्घटना गराएर भाग्ने प्रचलन बढे

भरतपुर : चितवनमा सुरक्षा कमजोर हुदा सवारी दुर्घटना गराएर भाग्ने प्रचलन बढेको छ । जसका कारण चितवन प्रहरीले नयाँ नयाँ रणनीति अपनाउन थालेको छ ।  पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने क्रम बढेपछि एसपी गोविन्द पुरीले (हिट एण्ड रन) का घटना रोक्ने अभियान चालेका छन् । सवारीसाधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ ।

यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे जनचेतना आवश्यक देखिएकाले सचेतनामूलक अभियान सञ्चालनको तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ‘हिट एण्ड रन’ गर्नु चालकको गम्भीर लापरबाही हो । यस्तो घटनालाई प्रहरीले नछाड्ने र चालक भागेमा खेजेर कानुनी दायरामा ल्याउने गरिएको उनले बताए ।

प्रमुख प्रहरी उपरीक्षक पुरीले भने, ‘हिट एण्ड रनका घटना भएमा प्रहरीले जसरी पनि पत्ता लगाएर कारबाही अघि बढाउँछ । ठक्कर दिएर चालक भागेमा को पनि उम्कन पाएका छैनन् र पाउँदैनन् । प्रहरीले कानुनी कारबाही अवश्य गर्छ ।’ उनका अनुसार गत साउनयता जिल्लामा १५ वटा हिट एण्ड रनका घटना दर्ता भएका छन् ।

उनले भने, ‘चितवन देशको मध्य भागमा पर्ने सहर हो । पूर्व–पश्चिम राजमार्ग र काठमाडौँ प्रवेश गर्ने मुख्य सडक यहीँ भएर जाने भएकाले यहाँ सवारीको चाप बढी हुन्छ ।’ सवारीसाधनको आवागमन बढी हुने भएकाले दुर्घटना पनि तुलनात्मक रूपमा बढी हुने उनले बताए ।

प्रमुख पुरीका अनुसार जिल्लामा प्रहरी हिट एण्ड रनका घटनालाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाएर काम गर्दै आइएको छ । उनले भने, ‘राजमार्गमा ठक्कर दिएर भाग्ने प्रवृत्ति देखिन्छ भने भित्री सडकमा पनि यस्ता घटना केही कम हुने गरेका छन् । साउनयता भएका १५ वटै घटनाको प्रहरीले पहिचान गरिसकेको छ ।’

प्रमुख प्रहरी उपरीक्षक पुरीले केही समयअघि एक हिट एण्ड रनको घटनाको वास्तविकता ४९ दिनपछि पत्ता लगाई कानुनी कारबाही अघि बढाइएको उदाहरणसमेत प्रस्तुत गरे । दुर्घटना गराएर भाग्नुले समस्या झन् जटिल हुने उल्लेख गर्दै उनले भने, ‘दुर्घटना गरेपछि भागेँ भने बचिहाल्छु, कारबाही हुँदैन भन्ने सोच गलत हो । सवारी चालकले यस्तो सोच सच्याउन जरुरी छ ।’ दुर्घटना भएको खण्डमा तुरुन्तै प्रहरीलाई जानकारी गराई आत्मसर्मपण गर्नुपर्ने उनको सुझाव छ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट