काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलक्षित गतिविधिका लागि अर्याल नेतृत्वमा समिति गठन गरिएको रास्वपाले जनाएको छ। जसमा सदस्य-सचिवको जिम्मेवारी शंकर श्रेष्ठलाई दिइएको छ।यस्तै रास्वपाले सातै प्रदेशमा समन्वय समिति पनि गठन गरेको छ। साथै समन्वय सचिव र सदस्यहरू पनि तोकिएका छन्। त्यसबाहेक रास्वपाले तीनवटा विशेष समिति पनि बनाएको छ। आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय समिति गठन गरिएको रास्वपाले जनाएको छ।


© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij