Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रेस सेन्टर चितवनले मनायो २२ औं स्थापना दिवस

प्रेस सेन्टर चितवनले मनायो २२ औं स्थापना दिवस

 चितवन : प्रगतिशिल पत्रकारहरुको साझा संस्था प्रेस सेन्टर नेपालले चितवनसहित देशैभर विभिन्न कार्यक्रम गरिएको आफ्नो २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । क्रान्तिकारी पत्रकारकी अग्रज एवंम् प्रेस सेन्टर नेपालकी केन्द्रिय सदस्य अजिता अधिकारीको प्रमुख आतिथ्यतामा चितवनमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो । 
 प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी मनाएको जिल्ला उपाध्यक्ष एवंम् कार्यक्रम संयोजक नविनबाबु मरहट्टाले जानकारी दिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य अजिता अधिकारी प्रेस सेन्टरको श्रमजीविहरुको संगठन बन्न सफल भएको बताउदै सधैं सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरिन् । प्रेस सेन्टरले भष्ट्रचार विरोधी अभियानलाई पनि कलमको माध्यमबाट खबरदारी गर्दै जनपक्षीय पत्रकारिता मार्फत देशको समृद्धि र सामाजिक न्यायका सधै अग्र स्थान रहेको बताईन् ।

कार्यक्रममा पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारीले श्रमजीवि पत्रकारहरुको हक हित र सुरक्षाका लागि सेन्टरसँगको सहकार्य थप सशक्त बनाउने बताए । कार्यक्रममा प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यले विगत २२ वर्षको लामो ईतिहास , प्रेस सेन्टरको चितवन समिति जनपक्षीय पत्रकारिताको बलियो माध्यमका रूपमा अगाडि बढिरहेको बताए ।

कार्यक्रमका विशेष अतिथि प्रेस सेन्टरका वागमती प्रदेश सचिव सुमन गैरेले सत्य, तथ्य र निष्पक्षतामा आधारित रहेर नागरिकका हक अधिकार र न्यायका लागि आफूहरु सधै अग्र स्थानमा लडिरहेको बताए । 
 “नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको छ अध्यक्ष आचार्यले भने अबको समयमा प्रेस सेन्टरले तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्र निर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान पुर्‍याउनुपर्ने आवश्यकता छ।”
जिल्ला उपाध्यक्ष तथा कार्यक्रम संयोजक नबिनबाबु मरहट्टाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम भरतपुर महानगर कमिटीका उपाध्यक्ष रवि अधिकारीले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट