Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

होली मनाउन सुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड

होली मनाउन सुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड

काठमाडाैँ : नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन सुरु गरिएको छ । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरु उपस्थित हुन थालेका छन् । साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको यतिबेला भीड छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट