Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सुष्मा कार्कीले सूर्यको ट्याटु हटाएर घण्टी बनाउने योजना

सुष्मा कार्कीले सूर्यको ट्याटु हटाएर घण्टी बनाउने योजना

काठमाडौं: अभिनेत्री सुष्मा कार्की, जो कुनै बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकी कट्टर फ्यानका रूपमा परिचित थिइन्, अहिले आफ्नो प्रसिद्ध सूर्य चिन्ह ट्याटु परिवर्तन गर्ने मनस्थितिमा पुगेकी छन्।

सुष्माले २०७० सालमा ओलीलाई खुशी पार्ने उद्देश्यले आफ्नो छातीमा सूर्य चिन्हको ट्याटु खोपिन्। तर हाल अष्ट्रेलियामा रहेकी उनले प्रतिनिधिसभा निर्वाचनमा एमाले कमजोर मत परिणाम पाएको विश्लेषण भएपछि यो ट्याटु परिवर्तन गर्ने निर्णय गरेकी हुन्।

टिकटकमा भाइरल भएको भिडियोमा उनले भनिन्, “केपी बा, अब मैले के गर्ने होला, सूर्यको ट्याटु हटाएर घण्टीको ट्याटु बनाउनुपर्ने भयो। म केपी बाको डाइहार्ट फ्यान हुँ, अत्ति नै मनपर्छ, सबै कुरामा राम्रो होइसिन्छ, तर अब घण्टी बनाउने समय आएको छ।”

तीन मिनेटको डान्सको पाँच लाख लिने अभिव्यक्ति दिएकी सुष्माले नेपालमा हुँदा एमालेको राम्रै प्रचार गरेकी थिइन्। सूर्य चिन्ह ट्याटु सार्वजनिक समारोहमा बोल्ड प्रस्तुतिका कारण दर्शकको ध्यान खिच्न सफल भएको थियो। तर अष्ट्रेलिया पुगेपछि उनी रास्वपा निकट हुन थालेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट