फिल्म 'राम नाम सत्य' को दोस्रो गीत 'हुम्लाको लिमी' सार्वजनिक भएको छ। एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको गीत बिहीबार ओएसआर डिजिटल युट्युबमा सार्वजनिक गरिएको हो। यसको भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता विराज भट्ट र नव अभिनेत्री खुशी कार्कीको नृत्य छ।
माया प्रेममा आधारित यो गीतको शब्द मौसम अर्यालले लेखेका हुन्। संगीत निर्देशक एसडी योगी रहेका छन् भने रिकेश गुरूङको एरेन्ज छ। भिडिओको कोरियोग्राफर सियोन श्रेष्ठ हुन्। फिल्म 'राम नाम सत्य' को पहिलो गीत 'धागोले बाटेको' यतिबेला चर्चामा छ। यो गीतको चर्चाबीच निर्माताले दोस्रो गीत ल्याएका हुन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुति रहेको 'राम नाम सत्य' माइकल चन्दको निर्देशनमा बनेको हो। फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ। निर्मातामा उपेन्द्र शाही र श्वेता बिमली छन्। एक्सन, लभ र सस्पेन्स कथामा फिल्म बनेको छ। यसको प्रदर्शन चैत २७ गतेलाई तय छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij