Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

चितवनमा १८डी सिनेमाको शुभारम्भ, प्रदीप खड्काद्वारा उद्घाटन

चितवनमा १८डी सिनेमाको शुभारम्भ, प्रदीप खड्काद्वारा उद्घाटन

चितवन :नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसर पारेर चितवनमा अत्याधुनिक १८डी सिनेमाको औपचारिक उद्घाटन गरेका छन्।उद्घाटन समारोहका क्रममा स्वयं १८डी सिनेमाको अनुभव लिँदै खड्काले चितवनजस्तो प्रमुख पर्यटकीय गन्तव्यमा यस्ता प्रविधिमैत्री मनोरञ्जन पूर्वाधार थपिनु सकारात्मक कदम भएको बताए। उनले सगरमाथा, रारा ताल जस्ता नेपालको प्राकृतिक सम्पदालाई यस्तै आधुनिक प्रविधिमार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने धारणा व्यक्त गरे।
भरतपुरस्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको यो १८डी सिनेमा फ्लाई ओभर इन्टरटेनमेन्टद्वारा सञ्चालन गरिएको तेस्रो शाखा हो। यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड फिल्महरू विशेष प्रभावसहित अनुभव गर्न सक्नेछन्।

2d10cf66-18d1-4455-9444-3585155b1b12.jfif
यस सिनेमामा एकपटकमा ८ देखि १० जना दर्शकले मात्र अनुभव लिन सक्ने व्यवस्था गरिएको छ। चलचित्र हेर्ने क्रममा सिट घुम्ने, कृत्रिम हिउँ झर्ने, पानी पर्ने लगायतका दृश्यअनुसारका १८ प्रकारका अनुभूति एकैसाथ महसुस गर्न सकिन्छ, जसले दर्शकलाई पूर्ण रूपमा भर्चुअल संसारमा डुबाउँछ।
कम्पनीका प्रमुख राम थापाले दर्शकको बढ्दो रुचिलाई मध्यनजर गर्दै चितवनमा तेस्रो शाखा विस्तार गरिएको जानकारी दिए। उनले काठमाडौँको प्रवेशद्वारका रूपमा चिनिने चितवनमा यस सिनेमा मार्फत देशभरका तथा बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।
यसअघि कम्पनीले काठमाडौँको सिटी सेन्टरमा पहिलो तथा पोखराको डिज्नील्याण्डमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ। दोस्रो शाखाको उद्घाटन भने गत साता राजेश हमालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट