Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सकियो रेखाको ‘माया भनेकै यस्तो होला’को छायाङ्कन

सकियो रेखाको ‘माया भनेकै यस्तो होला’को छायाङ्कन

काठमाडौँ : फिल्म ‘माया भनेकै यस्तो होला’को सुटिङ सकिएको छ । फिल्मको छायाङ्कन आइतबार साँझबाट सकिएको हो । २७ औँ दिनको नियमित छायांकनपछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ ।

अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको हो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ भने फिल्मको विशेष भूमिकामा अर्की मिस नेपाल उषा खड्गी पनि रहेकी छिन् । फिल्मका अन्य कलाकारहरूमा लक्ष्मी गिरी, विशाल पहाडी, सङ्गम भण्डारी, रवि डंगोल बेमान , सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको पनि अभिनय छ ।

हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथाका माध्यमबाट सामाजिक भावनालाई उठान गरेको छ । ध्रुव लम्सालको लेखन र सुदीप बरालको छायाङ्कन रहेको फिल्ममा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, सङ्गीतमा प्रशान्त सिवाकोटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट