Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

क्होइबो धीँ निर्माण सहयोगका लागि क्याम्पाचौरमा बैशाख १८ गते सांगितिक साँझ‘कन्सर्ट’

क्होइबो धीँ निर्माण सहयोगका लागि क्याम्पाचौरमा बैशाख १८ गते सांगितिक साँझ‘कन्सर्ट’

चितवन : तमू प्ये ल्हु संघ चितवनले बैशाख १८ गते क्याम्पाचौरमा सांगितिक साँझ‘कन्सर्ट’ आयोजना गर्ने भएको छ ।गुरुङ समुदायको धार्मिक  प्रमुख आस्था मानिने  क्होइबो धीँ निर्माणको सहयोगका लागि जग्गा खरिद गर्न कन्सर्टको आयोजना गरिएको तमू प्ये ल्हु संघ चितवनले मङ्गलबार  भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् । 
  उक्त सांगितिक साँझमा चर्चित ब्याण्ड एक्सिसका साथै  विभिन्न ब्याण्डहरुको प्रस्तुती रहने छन् ।  कार्यक्रमका लागि रु पाँच सय, हजार ,दुई हजार र पाँच हजारको टिकट रहेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । कार्यक्रमबाट रु एक  करोड ५० लाख आम्दानी गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।  टिकट र  प्रायोजकबाट आम्दानी हुने छ।कार्यक्रममा रु ५० लाख खर्च हुने  उहाँको भनाई छ ।  
कार्यक्रम सफल पार्नका लागि १३ वटा विभिन्न उपसमितिहरु समेत निर्माण गरि काम भइरहेको छ । 
कार्यक्रमबाट बचेको रकमले क्होइबो धीँ निर्माणका लागि  जग्गा खरिद गर्ने संघले जनाएकोछ । यस अघि विभिन्न सहयोगीदाताहरुबाट  संकलन भएको रकमले एक कठ्ठा जग्गा खरिद गरिसकेको र थप एक कठ्ठा खरिदका लागि कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुरुङको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट