Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

मण्डला थिएटरमा नियमित ‘अतिरञ्जनको मनोरञ्जन’

मण्डला थिएटरमा नियमित ‘अतिरञ्जनको मनोरञ्जन’

काठमाडौँ : थापागाउँस्थित मण्डला थिएटरमा यतिबेला नाटक ‘अतिरञ्जनको मनोरञ्जन’ मञ्चन भइरहेको छ । गत १८ चैत्रबाट मञ्चन सुरु भएको नाटकले समसामयिक विषयवस्तुलाई हास्य तथा मनोरञ्जनात्मक रूपमा कलात्मक ढङ्गबाट प्रस्तुत गर्दछ ।

आगामी वैशाख १३ गतेसम्म नियमित रूपमा मञ्चन हुने नाटकको लेखक संयोग गुरागाईं हुन् । सागर खाती कामीको निर्देशन तथा कथा रहेको नाटकले मनोरञ्जनको सीमाभन्दा बाहिर गएर समाजमा देखिने अतिरञ्जन र त्यसका प्रभावमाथि प्रश्न उठाउने प्रयास गरेको छ ।

नाटकमा मनोरञ्जन र यथार्थबिचको सन्तुलन, सत्यको खोजी र मानवीय निर्णयका आयामलाई समेत प्रस्तुत गरिएको छ । मनोरञ्जनले सीमा नाघ्दा त्यसमा कति सत्य बाँकी रहन्छ भन्ने विषय समेत नाटकले गहिरो ढङ्गले उजागर गर्ने कोसिस गरेको छ ।

हरेक दिन साँझ ५ः ३० बजे मञ्चन हुने नाटकको शनिबार दिउँसो १ः ३० बजे अतिरिक्त शो समेत राखिएको छ ।  नाटकमा सोमनाथ खनाल, सन्दीप श्रेष्ठ, स्वप्निल घिमिरे, रोशन अधिकारी, यशोदा गुरुङ, सनम श्रेष्ठ, चक्र विष्ट, रिजन लामा, इन्द्रबहादुर राई, समीर भट्टराई, अमृत सुनार, रोशन मुर्मु, मृदुल ढकाल, सुस्मिता कार्की, तरुण देउवा, सायुज्य भण्डारी, भास्कर बुढा, निमिष कट्टेल र सौरभ चालिसे लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट