Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कलाकार बिनिता कार्की फिल्म ‘पीआर’ मार्फत चर्चामा

कलाकार बिनिता कार्की फिल्म ‘पीआर’ मार्फत चर्चामा

काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार बिनिता कार्की अहिले फिल्म ‘पीआर’ मार्फत चर्चामा छिन्। मोडलिङबाट सुरु भएको उनको यात्रा अहिले अभिनयतर्फ केन्द्रित हुँदै नेपाली फिल्म उद्योग सम्म आइपुगेको छ।

अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको कथा बोकेको फिल्म ‘पीआर’ ले दर्शकको राम्रो ध्यान खिचेको छ। बिनिता कार्कीले यस फिल्मले प्रवासमा रहेका नेपाली युवाको जीवन, संघर्ष र सपनालाई वास्तविक रूपमा प्रस्तुत गरेको बताएकी छिन्।

रेखा थापा, झरना थापा र निरुता सिंहजस्ता कलाकारबाट प्रभावित हुँदै हुर्किएकी उनले सानैदेखि अभिनेत्री बन्ने सपना देखेकी थिइन्। शोभित बस्नेत निर्देशित ‘पीआर’ फिल्ममा मुख्य भूमिकामा काम गर्न पाउँदा निकै खुशी लागेको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट