Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी : नेपालले भानुआटुसँग खेल्दै

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी : नेपालले भानुआटुसँग खेल्दै

काठमाडौं : आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग खेल्दैछ। खेल नेपाली समय अनुसार अपराहन्न पौने ५ बजे सुरु हुनेछ।  ६ खेलमा नेपालले ३ जित र ३ हार बेहोरेको छ। 

नेपालले अमेरिकासँगका दुवै खेल र भानुआटुसँग हार बेहोरेको थियो भने रुवाण्डालाई दुवै खेलमा र इटालीलाई पराजित गरेको थियो। भानुआटु भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ। भानुआटुले नेपाललाई मात्र पराजित गरेको थियो।

रुवाण्डा क्रिकेट संघले आयोजना गरेको पहिलो आईसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि सुरु भएको र मे २ सम्म चल्नेछ। यस प्रतियोगितामा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन्। नेपालले अर्को खेल मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट