Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

तिलिचो तालमा आयोजित रेस्लिङ वर्ल्ड बुक अफ रेकर्डमा

तिलिचो तालमा आयोजित रेस्लिङ वर्ल्ड बुक अफ रेकर्डमा

काठमाडौँ : नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरेको छ।

४‚९१९ मिटर उचाइमा अवस्थित ‘हाइएस्ट अल्टिच्युट लेक’ तिलिचोमा आयोजना गरिएको रेस्लिङलाई वर्ल्ड बुक अफ रेकर्डमा समावेश गरिएको हो। गत २६ नोभेम्बरमा तिलिचोमा भएको रेस्लिङमा नेपालबाट भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलिडेड) सँग प्रतिस्पर्धा गरेका थिए। त्यसमा भगवती र अस्मिता विजयी भएका थिए।

पूर्वउपसभामुख इन्दिरा रानाले भगवती र अस्मितालाई सोको प्रमाणपत्र एक कार्यक्रमबीच प्रदान गरिन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनमा भगवती अध्यक्ष र अस्मिता कोषाध्यक्षको जिम्मेवारीमा पनि छन्।

विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्दै आएको फाउन्डेसनले विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्ने उद्देश्यले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५‚६३३ मिटरको उचाइमा रहेको कालापत्थर मैत्रीपूर्ण रेस्लिङ आयोजना गरेको थियो।

एभरेस्ट दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण रेस्लिङमा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन्। अस्मिताले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट