काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेले गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका हुन् ।
बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट अन्तिम छनोट गरिएको टोलीमा अनुभवी तथा युवा खेलाडीको संयोजन रहेको छ । नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको शल्यक्रियापछि पुनःस्थापनामा रहेकाले यस पटक एञ्जिलाले टोलीको नेतृत्व गर्नेछिन् ।
साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै समूहमा भुटान र श्रीलंका रहेका छन् । नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने मे ३१ मा श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथिको निलम्बन फुकुवा गरेपछि नेपाली महिला टोलीको प्रतियोगितामा सहभागिता सुनिश्चित भएको हो ।
नेपाली अन्तिम टोली (२३ सदस्यीय):
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, पूजा राना, गीता राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सविना चौधरी, रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij